प्रदेश २ मा एमाले छाड्दै १० जना सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत

 प्रदेश २ मा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गराएका हुन् ।नेकपा एकीकृत समाजवादीका पक्षमा एमालेका १३ सांसदले सनाखत गराउने भनिए पनि १० जनामात्र उपस्थित भएका हुन् ।एक जना प्रदेशसभा सदस्य उपचारको क्रममा देश बाहिर रहेको र अन्य दुई जना मौसमको खराबीको कारण जनकपुरधाम आउन नसकेकाले १० जनाले मात्र बिहीबार सनाखत गराएको नेकपा एकीकृत सम

सम्बन्धित सामग्री

प्रदेश २ को नामकरणका लागि सहमति जुटाउने कसरतमा जसपा

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् ।जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बता

प्रदेश २ का थप २ जना सांसदले एमाले छोडे

जनकपुरधाम : नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्।आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ समाजवादीमा सामेल भएका हुन्। उनीहरुले निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गराएका छन्।समाजवादीको पक्षमा सनाखत गराइसकेपछि सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्ब

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।नेकपा एकीकृत समाजवादीका प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहटमा एमालेको कमिटी नै नेकपा एकीकृत समाजवादीमा विलय भइरहेको बताए । सो पार्टीको जिल्ला कार्यसमिति रौतहटले शुक्रबार सदरमुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेकपा एमालेको ७१ जना जिल्ला कार्यसमित

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी