विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म खोप लगाइसक्ने

आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको