वायुसेवा सञ्चालक संघले भन्यो : हवाई यात्रामा पीसीआर तथा सीसीएमसी फारम हटाउ

फागुन ५, काठमाडौ। वायुसेवा सञ्चालक संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण शुरु भएको अनिवार्य लागू गरिएको पीसीआर तथा सीसीएमसी फारम हटाउन माग गरेको छ।  विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा रहेको, स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आकलनसमेत गरेको तथा धेरै जसो मुलुकहरुले प्रतिवन्धलाई खुकुलो पारेको अवस्थामा नेपालले पनि सोहि अनुसार खुकुलो पार्दै जानुपर्ने ससंघले भनेको छ । अन्तरराष्ट्रिय संस्था आईएटिएले पनि पीसीआर टेष्ट, आईसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरेको अवस्थामा नेपालले हवाई यात्रामा पीसीआर तथा सीसीएमसी फारम हटउन आग्रह गरेको हो । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको र अझ अन्यौल र अनिश्चिततामा रुमलिएको छ । महामारी रोकथामका लागि लगाईएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै ह्रास आएको छ । जसका कारण यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्तिहरु पनि पलायन हुने अवस्था रहेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।   

सम्बन्धित सामग्री

अनिवार्य पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन आओनको माग

हवाई यात्रामा अनिवार्य गरिएको पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन वायुसेवा सञ्चालक संघ (आओन)ले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो माग गरेको हो । कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई माथि उठान आवश्यक रहेको अवस्थामा थप प्रोटोकलको नाममा हवाई क्षेत्रमा गरिएको अनिवार्य पीसीआर परिक्षणको रिपोर्ट तथा सीसीएमसी फारमले थप पर्यटक आजित भएको संघको भनाइ छ । ‘महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै र्