म्याग्दी रुमको ढुङ्गाखानीलाई बैधानिक बनाउने उम्मदेवारहरुको प्रतिबद्धता

म्याग्दी, २५ वैशाख । मालिका गाउँपालिकाका उम्मेदवारहरुले कानुन अभावले व्यावसायिक बन्न नसकेकोरुमको ढुङ्गाखानी बैधानिक बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुख पदका उम्मेद्वारहरुले पाँच वर्षभित्रको कार्यकालमा ढुङ्गाखानीलाई समन्वय गरेर बैधानिक बनाउने प्रतिबद्धता जनाएका हुन् । मालिका गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले पाचँ वर्षभित्रको समयमा ढुङ्गाखानीलाई व्यावसायिक बनाउने कानुन निर्माण […]

सम्बन्धित सामग्री

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बालुवा झिक्न नपाउँदा आयोजनाको काम रोकिने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने निर्णय भएको थियो तर अदालतको आदेशबाट ती स्थानमा नदीजन्य सामग्री उत्खनन् रोकिए पनि आयोजनाको काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ ।  सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको २०७८ असार २९ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्त्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्नेलगायत प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्नू÷नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशपछि नदीजन्य सामग्री उत्खनन रोकिएको हो ।         ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोली शनिवार आयोजनाको अनुगमनमा गएको थियो । उक्त टोलीलाई आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले सर्वोच्च अदाललको अन्तरिम आदेशका कारण नदीजन्य सामग्री झिक्न रोक लागेपछि निर्माणमा असर परिरहेको जानकारी गराएका थिए । ऊर्जामन्त्री बस्नेतले समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् ।  प्राधिकरणका अनुसार मन्त्री बस्नेतले आयोजना निर्माणको प्रगति सन्तोषजनक रहेको, नदीजन्य सामग्री उत्खननमा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।  ठेकेदार कम्पनीले हालको ढुङ्गा, गिटी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभाव हटेमा आगामी १५ महीनाभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायत संरचनाको निर्माण भइरहेको छ । ६ दशमलव तीन किलोमिटर मुख्य सुरुङमध्ये पाँच दशमलव ६ किलोमिटर खनिसकिएको छ । विद्युत्गृहको सिभिल निर्माणसँगै उपकरण जडान पनि भइरहेको छ । आयोजनाको कङ्क्रिट लाइनिङ, बाँध क्षेत्रका संरचना निर्माणका लागि करीब साढे एक लाख घनमिटर ढुङ्गा, गिटी, बालुवा आवश्यक पर्ने जनाइएको छ । हाल करीब १० घनमिटर प्राप्त गर्ने ठाउँ मात्र उपलब्ध रहेको आयोजनाको प्रबन्धक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए ।  ‘बेनी नगरपालिकाले म्याग्दी खोलामा नदीजन्य सामग्री उत्खननका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसमा सहभागी भई १० हजार घनमिटर प्राप्त हुने ठाउँ प्राप्त ग¥यौं, यसैले मात्र पुग्दैन । नदीजन्य निर्माण सामग्री अभावमा काम नै प्रभावित हुने अवस्था आयो । निर्माण सामग्री अभावको समस्या समाधान गर्न माथिल्लो तहबाटै पहल गरिदिनुप¥यो,’ केसीले भने ।  सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरूबाट करीब डेढ वर्षअघि आयोजनाको स्थलगत अनुगमन भ्रमण गरी नदीजन्य निर्माण सामग्री अभावमा आयोजना ढिला हुँदा यसको लागत बढ्ने निष्कर्ष निकालेको थियो । समितिले नदी संरक्षणमा हानी नपु¥याइ नदीजन्य पदार्थ निकाल्न सरकारले अन्तरिम आदेश सच्याउन सर्वोच्च अदालतसमक्ष पुनरावलोकन गर्न उपयुक्त हुने सिफारिस गरेको थियो ।  नेपाल विद्युत् प्राधिकरणको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा प्राधिकरणको पूर्ण स्वामित्वको रघुगङ्गा हाइड्रोपावर लिमार्फत आयोजनाको निर्माण भइरहेको छ । आठ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण छ । दैनिक ६ घण्टा ‘पिकिङ’ गर्न मिल्ने आयोजनाबाट वार्षिकरूपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने जनाइएको छ । सिभिल संरचना र ‘हाइड्रो मेकानिकल’का काम इञ्जिनियरिङ, खरिद र निर्माण (इपीसी) ढाँचा भारतको जयप्रकाश एसोसिएटस् लिमिटेडले, इलेक्ट्रोमेकानिकलका काम भारत हेभ्वी इलेक्ट्रिकल लिमिटेडले र निर्माण सुपरीवेक्षण वाप्कोस् लिमिटेडले गरिरहेका छन् । रासस

बेनी नगरपालिकालाई ‘‘पूर्ण छुवाछुत मुक्त’’ गराउने कांग्रेसको प्रतिबद्धता

म्याग्दी – नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवार बन्नु भएका चिरञ्जीवी शर्माले नगरपालिकालाई “पूर्ण छुवाछूत मुक्त” गराउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका उम्मेदवार बन्नु भएका शर्माले निर्वाचनमा विजयी भएपछि नगरलाई समृद्ध र खुसी नगरसँगै छुवाछूत मुक्त बनाउने कामपहिलो हुने बताएका छन् ।नेपाली कांग्रेसको पार्टी कार्यालयमा […]

बगरफाँट–बेनी जोड्ने बेलिब्रिज निर्माण गरिँदै

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं २ तथा ३ बगरफाँट र म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेलिब्रिज निर्माण गरिने भएको छ । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारीसाधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्न बाध्य हुनुपरेको स्थानीयको गुनासोपछि बेलिब्रिज निर्माण गर्न थालिएको हो । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक आठ महीनादेखि अवरुद्ध छ । पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनर्निर्माण भएको छैन । यसअघि पनि वर्षेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो । प्राविधिक हिसाबले माटेपानीको भीरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रवि भण्डारीले बताए । ‘बगरफाँटको यातायात समस्या लिएर म आफै प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ,’ उनले भने ‘प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियरहरूको टोलीले शुक्रवार बेलिब्रिज निर्माण स्थलको सम्भाव्यता अध्ययन गरेको छ ।’ तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुल पनि जीर्ण बनेको छ । मानिस झोलुंगे पुलबाट आवत जावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए । ‘बेनीबाट बगरफाँट सामान ढुवानी गर्न मल्लाज–बाँसखर्क हुँदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ । यसैबीच, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर विजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेको छ । निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता र प्राविधिक रूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन मल्लले जानकारी दिए।

म्याग्दीको टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुने

म्याग्दी । म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हाई अल्टिच्युड खेलमैदान निर्माण गरिने भएको छ । जिल्लाको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न मनीषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउन ठेक्का सम्झौता भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘हिमालको काखैमा निर्माण गरिने यो खेल मैदानलाई नेपालकै नमूना खेल मैदान बनाउने लक्ष्य छ, खेलकुदको माध्यमबाट पनि पर्यटक आकिर्षत गर्न सकिन्छ भन्ने उदाहरण टोड्केबाट दिनेछौं,’ अध्यक्ष भण्डारीले भने । टोड्केबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि सहित दर्जनौं हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । यस्तै टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिक गुराँसको घनाजंगल समेत रहेकाले सिजनमा गुराँस, हिमाल हेर्दै खेलकुद गतिविधिको अवलोकन गर्न सकिने बताइएको छ । खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि ५ करोडभन्दा बढी लागतमा थप संरचना बनाइने बताइएको छ । टोड्केमा बन्ने हाई अल्टिच्युट खेलमैदानमा खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताए । ‘यहाँको सम्भावना उजागर गर्न सके उल्लेख्य पर्यटक आउँछन्, अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ,’ उनले भने । पर्यटकीय स्थल टोड्केमा तीन पूर्वाधार योजना सञ्चालनमा आएका छन् । रघुगंगा गाउँपालिकाले पदमार्ग, उद्यान र सडक निर्माण गरिरहेको छ । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । उनका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित  ५८ लाख दुई हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईओटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माणको अन्तिम चरणमा रहेको छ । झिँ–टोड्के सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सडक र पदमार्ग निर्माण भएसँगै पर्यटकलाई आवतजावतमा सहज हुनेछ । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बेनी अस्पतालको भवन २ वर्षदेखि अलपत्र

म्याग्दी (अस) । म्याग्दीको बेनी अस्पतालको भवन निर्माण अलपत्र परेको छ । अस्पताल भवन समयमै निर्माण सम्पन्न भएको भए अहिले ५० शय्याको सुविधासम्पन्न भवनबाट अस्पताल सञ्चालन भइरहेको हुन्थ्यो । ठेकेदार कम्पनीले कार्ययोजना अनुसार काम नगर्दा करीब २ वर्षदेखि भवन अलपत्र अवस्थामा छ । हाल अस्थायी र साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । तर २० महीनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको विवाद अदालत पुगेपछि भवन निर्माण पनि अन्योलमा परेको हो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङ्सिर २१ गते ५० शय्या क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २४ करोड ४ लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिएको थियो । २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर भवन निर्माण सम्झौताको मिति सकिने बेलासम्म आधा काम पनि भएको थिएन । भवन निर्माणका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउँदै २०७७ जेठ २० गते एक वर्षका लागि म्याद थप गरिएको थियो । गत जेठमा थप गरिएको म्याद सकिएको छ । शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर वीरबल सुनारका अनुसार हालसम्म ५/६ प्रतिशत मात्र भौतिक निर्माण सकिएको छ । उनका अनुसार अहिलेसम्म ठेकेदार कम्पनीले ९ करोडको हाराहारीमा भुक्तानी समेत लगिसकेको छ । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीनओटा भवनको हालसम्म विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धता अनुसार निर्माणलाई गति दिन नसकेपछि कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सम्बद्ध निकायलाई पत्र समेत काटेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मङ्सिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीनओटै निर्माण व्यवसायीको विवादले काम अघि बढ्ने आधार देखिएको छैन ।  शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माण सक्न अहिलेसम्म विभिन्न समयमा १० ओटा पत्र काटिसकेको छ । तर ठेकेदार कम्पनीले चासो देखाएका छैनन् । निर्माण व्यवसायी महासंघका अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसकिँदा अस्पतालमा सञ्चालन गर्न सकिने उपचार समेत गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘५० शय्या क्षमता भए पनि १५ शøयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,’ उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ कटुवालका अनुसार ३ महीनायता निर्माण शून्य छ । दुई÷चारजना कामदार रहे पनि उनीहरूले अहिलेसम्म गरेको कामको भुक्तानी समेत नपाएको गुनासो गरेका छन् । अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् ।