उपचारपछि घर फर्किएका कोरोना संक्रमितको मृत्यु

पर्वत : कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु ह

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।