चिडियाखानामा बनाइयो ‘चिम्पाञ्जीकाे घर’

काठमाण्डाै - सदर चिडियाखानामा रहेका एक जोडी चिम्पाञ्जीका लागि सुविधा सम्पन्न ‘चिम्पाञ्जीको घर’ बनाइएको छ ।  आज सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पाञ्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य प्रेमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । याे घर चिम्पाञ्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरी निर्माण गरिएको सदर...