काठमाडौं । आसियान मुलुक इण्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा १०३ ताइवानीलाई देश निकाला गर्ने भएको छ । कतारी विश्व च्यानल अलजजिराका अनुसार देश निकाला हुनेहरुमा ९१ पुरुष र १२ महिला छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको भन्दै यसो गर्न लागिएको इण्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।