सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बुधवार पनि बस्ने भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न साढे ५ बजे बालुवाटारमा बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए ।  मंगलवार पनि गठबन्धनको बैठक बसेको थियो ।  लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा अनेक टीकाटिप्पणी भएका छन् । सरकारले परराष्ट्रमन्त्रीमा भने डा. नारायण खड्कालाई नियुक्त गरेको छ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री र गठबन्धनका नेताबीच बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताहरुसँग बैठक बस्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारको विषयमा छलफल हुने जनाइएको छ । ...

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तारुढ गठबनधनको बैठक आज बस्दैछ। विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ।जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले बुधबार गठबन्धनको बैठक बोलाइएको हो। जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ। गठबन्धनक