पाँचथरको फिदिम नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

पाँचथर– पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट  नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६,२८ मत पाँउदा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभयो । यस्तै उपमेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । एमाले-राप्रपाको गठबन्धनबाट राप्रपाका जगत थापा मगरलाई तीन हजार १९५ म...