लमजुङका १३ वडा अध्यक्ष पुरानै

स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्रो पटक निर्वाचित भएका हुन् ।दोहोर्‍याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन-तीन जना छन् भने मर्स्याङ्दीमा दुई जना, बेसीशहर र दोर्दीमा एक एकजना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्रो कार्यकाल रहेको छ । यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वा

सम्बन्धित सामग्री

गोलबजार नगरपालिकामा पुरानै उम्मेदवार

काठमाडौं । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोलबजार नगरपालिकामा पुरानै अनुहार उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले आगामी निर्वाचनमा पनि निवर्तमान नगर प्रमुख देवनाथ साह र उपमेयर रेशम कुमारी थापालाई नै दोहर्याएको छ । पार्टीले १३ वटै वडामा उम्मेद्वारी दिएको छ। नेकपा माओवादी केन्द्रले यस पालिकामा नगरप्रमुख , उपप्रमुखसहित ९ वटा वडा अध्यक्ष जितेको […]

भूकम्पले क्षति पुर्‍याएको कोत मन्दिर पुनः निर्माण भएपछि चिटिक्क  (फोटो फिचर)

भूकम्पले क्षति पुर्‍याएको रघुगंगा गाउँपालिका २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिर ६ वर्ष पछि पुनर्निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्त्व विभागबाट मन्दिरको पुनः निर्माण गरिएको हो । २०७२ सालको भूकम्पका कारण र पुरानो संरचनाका कारण जीर्ण बन्दै गएको मन्दिरको पुनर्निर्माण गरेर चिटिक्क पारिएको छ । पुन निर्माण गर्न विभागले ६९ लाख ३० हजार पाँच सय ६६ रुपियाँमा मिलीजुली किवेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।  मन्दिरलाई पुरानै स्वरुपमा पुन निर्माण गर्ने गरी मन्दिरको पूजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताव तयार गरी विभागमा प्रस्ताव पेस गरिएकोमा सोही बमोजिम योजना छनौट भएर पुनः निर्माण गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, मन्दिरको मौलिकता जोगिने, आधुनिकता झल्कने गरी पूर्वाधार निर्माण गरिएको छ । कोतको पुन निर्माण पछि यस क्षेत्रको भ्रमणमा आउने आन्तरिक पर्यटनमा वृद्धि हुने उहाँले अपेक्षा गर्नुभयो ।

ऐतिहासिक सेतो पाटी र उमादेवी मन्दिर पुनर्निर्माण गरिदैँ

ऐतिहासिक महत्व बोकेका काभ्रेको बनेपा नगरपालिका–१० मा रहेको सेतो पाटी र मण्डनदेउपुर नगरपालिका–१० मा रहेको उमादेवी मन्दिरको पुनर्निर्माण सुरु भएको छ । ऐतिहासिक महत्व बोकेको बनेपाको सेतो पाटी र स्वस्थानी व्रत कथासँग जोडिएको उमादेवी मन्दिर जीर्ण र भूकम्पमा क्षति हुन पुगेपछि पुरातत्व विभागले पुनर्निर्माण सुरु गरेको हो । विभागको नियमित कार्यक्रम र भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण अन्तर्गत सेतो पाटी र उमादेवी मन्दिरको पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढाएको हो । बनेपा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले बनेपाको पुल बजार नजिक रहेको सेतो पाटी पुरातात्विक हिसाबले पुनर्निर्माण भईरहेको बताउनुभयो । ‘राणाकालमा निर्माण भएको ऐतिहासिक महत्व बोकेको सेतो पाटी पुरानै शैलीमा निर्माणको काम भइरहेको छ’ वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँले पुरानो पाटीमा रहेको ढोका, झ्यालहरु सोही अनुसार (पुरानै साइज)को हालिएको बताउनुभयो ।

पुनः निर्माण हुँदै काभ्रेको ऐतिहासिक सेतो पाटी र उमादेवी मन्दिर

काभ्रेका दुई पुरातात्विक महत्व बोकेका ऐतिहासिक सम्पदा बनेपा नगरपालिका– १० मा रहेको सेतो पाटी र मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमा रहेको उमादेवी मन्दिरको पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले विभागको नियमित कार्यक्रम र भुकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणको गर्न लागि भन्दै पुस १७ गते शिलबन्दी दरभाग पत्र÷ बोलपत्र आव्हानको सूचना प्रकाशित गर्दै सेतो पाटी र उमादेवी मन्दिर पुनःनिर्माणको सूचना निकालेको हो । बनेपा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले बनेपाको पुल बजार नजिक रहेको सेतो पाटी पुरातात्विक हिसाबले पुनः निर्माण गरिने बताउनुभयो । ‘राणाकालमा निर्माण भएको ऐतिहासिक महत्व बोकेको सेतो पाटी पुरानै शैलीमा निर्माण गर्ने पुरातत्व विभागले जनाएको छ’ वडा अध्यक्ष खड्काले बताउनुभयो ।