काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ५८ जिल्लाको नेतृत्व चयन गरेको छ।गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो। अहिलेसम्म प्रदेश १ का १२, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। यस्तै मजदूर विशेष र पेशागत विशेषमा एक एक जना छानिएका छन्।