एसएमईज सम्मेलन आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आज (सोमवार) एसएमईज सम्मेलन गर्ने भएको छ । महिला उद्यमलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको महासंघले जानकारी दिएको छ । सम्मेलनमा एसएमईज (साना तथा मझौला उद्यम) क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुति र सामूहिक छलफल हुने महासंघले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायत करीब ३०० जनाको सहभागिता रहने महासंघले बताएको छ ।

सम्बन्धित सामग्री

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, पुस २० । नेपाली कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको मत परिणामका विषमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ । सो सम्मेलन सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएकाे छ ।

कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ९ जेठ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबारे जानकारी दिन कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुने जनाइएको छ । आजको सम्मेलनमा कांग्रेसका आगामी […]

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएको छ। दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। आइतबार मात्र प्रमुख […]

नेकपा समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आज मंगलबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकाे छ। लामो समयसम्मको रस्साकस्सीकाबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले स्पष्टिकरण दिन थालेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । नेकपा एसले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलन मार्फत […]

आज एमालेको पत्रकार सम्मेलन

नेकपा (एमाले)का महासचिव शंखर पाेखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएकाे हाे ।  केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।बैठकले ४४ जना क

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   माओवा

एमालेले आज पत्रकार सम्मेलन गर्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै छ।

पहिलो 'एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन' आज

नेपाल चिकित्सक संघले आज पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्ने भएको छ। 'पेन्डामिक प्रिपेडनेस इन नेपाल' नामक सन्देश सहित स‌ंघले पहिलो सम्मेलन गर्न लागेको हो।

ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन्।