नगर प्रमुख सुवेदीको पाँच वर्षको पारिश्रमिकले अक्षय कोष स्थापाना

सुर्खेत– सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पाँच वर्षमा आफूले पाएको पारिश्रमिकबाट अक्षय कोष स्थापना गरेका छन् ।  उनले पाँच वर्षे राज्यबाट प्राप्त पारिश्रमिक १३ लाख ५० हजार रुपैयाँ दिँदै रविजगत फाउण्डेसन स्थापना गरेका हुन् ।  गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको उनको भनाइ छ । गरिब, विपन्न, […]

सम्बन्धित सामग्री

स्मृति अक्षय कोषका लागि सहयोग

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा रु ११ हजार १११ सहयोगको घोषणा गरेका हुन्। नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गरिएको यस कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हालसम्म कोष स्थापनाका लागि रु डेढ लाख बढी रकम सङ्कलन भएको शाखाका सचिव पवन मह...