सडक बालबालिकाको केन्द्रबिन्दु सिविन नेपाल

आजभन्दा २२ वर्षअघि सडक बालबालिका कति छन् भनेर अनुसन्धान गर्दा करिब ५ हजार बालबालिकाको डाटा संकलन भएको थियो । तर अहिले काठमाडौंको स्थिति फेरिएको छ । हाल सडक बालबालिकाको संख्या निकै कम छ । यसका लागि सडक आश्रित बालबालिकाका निम्ति पैरवी गर्दै आएका विभिन्न संस्थाहरुले सहयोग पुर्याइरहेका छन् ।यस्तै संघ संस्थामध्ये एक गैरसरकारी संस्था सिविन नेपालले सडक बालबालिकाको सशक्तीकरण प्रक्रियामा सघाउँदै आएको छ ।राजधानीमा अवस्थित सिविन नेपालको स्थापना सन् १९८७ मा भएको हो । ३५ वर्षअघि सडकमा जोखिमपूर्ण जिवन बिताइरह