पत्रकार महासंघ गोरखा अध्यक्षमा प्रेस युनियनका नरहरि सापकोटा

गोरखा : नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उमेद्वार सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गरेका हुन्।गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ (जलन)  ले १२ मत प्राप्त गरेका थिए।अध्यक्ष पदका लागि अनुपमा खनाल, श्रेष्ठ र नरहरि सापकोटाले मनोनयन दर्ता गरेका थिए। अध्यक्ष पद

सम्बन्धित सामग्री

पत्रकार महासंघ निर्वाचन : सुदूरपश्चिमका कुन जिल्लामा कुन समूहको जित?

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस‚ नेकपा माओवादी र एमाले (माधव-झलनाथ) समूह निकट पत्रकार संगठनको प्यानल विजयी भएको छ।महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल निर्वाचित भएका छन्। उनी प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव-झलनाथ समूह) गठबन्धनको उम्मेदवार हुन्। उनले ७५६ मत प्राप्त गरे भने प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्ण ओलीले २९२ भोट प्राप्त गरेका छन्।रावलको प्यानलमा उपाध्यक्ष योगेन्द्र बलायर, महासचिव रामसिंह ठगुन्ना, सचिव हरि जोशी, समावेशी

थाहा खबर

पत्रकार महासंघ चुनाव : प्रतिष्ठान प्रदेशमा सत्ता इतर प्यानलको स्पष्ट जित

काठमाडौं : नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर प्यानलले स्पष्ट जित हात पारेको छ। चुनावी मैदानमा नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल र एमालेका माधव नेपाल पक्ष निकट प्रेस चौतारीको समूह लगायतले एउटा गठबन्धन बनाएका थिए। अर्को गठबन्धनमा एमालेका अध्यक्ष ओलीपक्षीय चौतारी, राप्रपानिकट मिडिया नेपाल र जसपानिकट प्रेस मञ्च नेपाल लगायत थिए।प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर गठबन्धनका तर्फबाट अध्यक्षमा बालकृष्ण अधिकारी ९४३ मत प्राप्त

थाहा खबर

प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय

झापा । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे नेतृत्वको प्यानल विजयी नै भएको हो । प्रेस चौतारी नेपाल (ओली... The post प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय appeared first on Purbeli News.

Purbeli News

पत्रकार महासंघ मकवानपुरको नेतृत्वमा गौतम

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन्। प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनतर्फका गौतम निर्वाचित भएका हन्। अध्यक्ष पदका लागि गौतमले एक सय र अधिकारीले ५६ मत प्राप्त गरेका थिए। यस्तै, महासंघको उपाध्यक्ष पदमा धुर्व अधिकारी, महिला उपाध्यक्षतर्फ सरला…

पहिलो पोस्ट

पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा बसेल निर्विरोध

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । तीन संगठनको सहमतिमा नयाँ नेतृत्वका लागि अध्यक्षमा बसेल निर्विरोध निर्वाचित भएका हुन् ।बसेल विगत लामो समयदेखि गोरखापत्र दैनिकमा आवद्ध छन् । यस्तै महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा पनि निर्विरोध निर्वाचित भएका छन् ।यस्तै दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति

Ratopati

तेह्रथुमका ८ पत्रकार पुरस्कृत

तेह्रथुम– समाचारको माध्यमबाट जिल्लाको समग्र विकासको निम्ति उत्कृष्ट कलम चलाएको भन्दै तेह्रथुमका आठजना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ तेह्रथुमको ११ औं साधारणसभामा ‘तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोष्ट दैनिकका तेह्रथुम संवाददाता टीआर सेनेहाङ र विनोद भट्टराई बुधबार पुरस्कृत भएका छन् । यो पुरस्कार राधिका पोख्रेल र डा.सञ्जीव सापकोटाले आफ्नो स्वर्गीय छोराको […]

कारोबार दैनिक