बूढीगण्डकी आयोजना बनाउन छुट्टै कम्पनी स्थापना, अधिकृत पुँजी १ खर्ब, यसरी जुटाइनेछ पैसा

सरकाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गरेको छ । स्वदेशी लगानीमै १२ सय मेगावाट क्षमताको सो आयोजना बनाउनका लागि सरकारले ‘बूढीगण्डकी जलविद्युत विकास कम्पनी लिमिटेड’ स्थापना गरेको हो ।केही समयअघि सरकारले जलाशययुक्त बुढीगण्डकी आयोजना चीनको चाइना गेजुवा एण्ड पावर कम्पनी लिमिटेडबाट खोस्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले कम्पनी नै खडा गरेर आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । लामो समयसम्म भारत वा