अफगानिस्तानको दर्दनाक हालत : पेट पाल्न १०–१५ वर्षकी छोरीहरू बेच्दै गरीब परिवार !

अफगानिस्तानमा गहिरिँदो आर्थिक संकटबीच कतिपय नागरिकले पेट पाल्न छोरीहरूलाई बेच्नु परिरहेको खुलासा भएको छ । तालिबानी सत्ता चलिरहेको १०० दिन पूरा हुँदा समेत अफगानिस्तानको अवस्था सुधार हुने कुनै संकेत देखिएको छैन । बरु बालविवाहको नाममा छोरीहरूको बेचबिखन भइरहेको छ । कतिपय गरीब परिवारले पेट पाल्नका लागि छोरीलाई बेच्नसम्म बाध्य भएका छन् ।  समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै अफगानिस्तानी मजदुर फजलले भने, ‘मैले आफ्नी १३ वर्ष र १५ वर्षकी छोरी बेच्नुपर्‍यो । उनीहरूको विवाह दोब्बर उमेरका युवकसँग ...