डोटी जिल्लाको केआईसिंह गाउँपालिका–७ भूमिराजमाडौंका बेसाहारा बालबालिकालाई एमटीएस नामक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ ।
बुवाको मृत्यु भएपछि आमाको स्वास्थ्य अवस्था बिग्रेर सहाराविहीन बनेका ३ बालबालिकालाई संस्थाले राहत वितरण गरेको हो ।
करीब ६ वर्ष पहिले बुवा रणबहादुर नेपालीको मृत्यु भएपछि उनीहरूका आमाको अवस्था पनि नाजुक बनेपछि छोराछोरीहरू १० वर्षीया खञ्जरी, ६ वर्षीया गच्ची र ३ वर्षीय पारस नेपाली विचल्लीमा परेका छन् ।
दशैंको समयमा पनि खाद्यान्न नहुँदा ३ बालबालिकालाई समस्या भएको जानकारी पाएपछ...