ताप्लेजुङका किसान दशैँ सकिएलगत्तै अलैँची टिप्न व्यस्त

दशैँ चाड सकिएलगत्तै ताप्लेजुङका किसान अलैँची टिप्न व्यस्त बनेका छन् । अलैँची टिप्ने साथै थन्क्याउने मुख्य मौसम असोज र कात्तिक महिना भएकाले अहिले जिल्लाका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।

सम्बन्धित सामग्री

अलैँची थन्क्याउन भ्याइनभ्याइ

दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची औल क्षेत्रमा भदौदेखि सङ्कलन गर्न सुरु गरिन्छ । लेकाली क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गरिन्छ ।

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

ताप्लेजुङ – ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ । माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्य...