एमालेमा उपाध्यक्ष ३ कि ७ ?

एमालेमा सात उपाध्यक्ष र त्यति नै संख्यामा सचिव बनाउन नेताहरूले सुझाव दिएका छन्।   केन्द्रीय कमिटीको जारी बैठकमा उपाध्यक्षको संख्या थप्न सुझाव दिइएको हो। उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल गर्न बनाइएका समूहहरूले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका हुन्। उपमहासचिव पौडेलको प्रस्तावमा तीन उपाध्यक्ष र ७ सचिवको प्रस्ताव गरिएको छ।   समूहगत छलफलपछि शनिबार अधिकांश टोली नेताले उपाध्यक्ष बढाउनुपर्ने सुझाव दिएका छन्। प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेशअनुसार उपाध्यक्ष संख्या राख्नुपर्ने सु...