पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आउनुभयो । पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धवलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराउनुभएको हो । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित […]