भीम रावलको ट्वीट– सर्वोच्चको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । मंगलवार बिहान ट्वीट गर्दै उपाध्यक्ष रावलले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुन्छन् भन्ने कुरा छर्लङ्ग भएको दाबी गरेका हुन् । 'सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ । राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदा...