प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उलंघन गर्नेलाई आयोगले एकै पटक कडा कारबाही नगर्ने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले कडा एक्सनमा जाँदा अनेक कानुनी झमेला हुने भएकाले सुरुमा सचेत गराउने, स्पष्टीकरण सोध्ने जस्ता कार्य गर्ने र सोही अनुसार गर्दै आएको बताए । ‘ठ्याक्कै कहीँ कसैले चाहिँ झण्डा अनि चिह्नको अली बढी प्रयोग गरेको रहेछ भने च्याप्प समातेर ढ्याप्प उम्मेदवार हुनु भएन भनि हाल्नेगरी गर्न हुँदैन’, उनले भने, ‘किनभने हामीले