नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले रातोपाटीसँग भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाब