भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बुधबार मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका–६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् ।मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँब्लक, पुन:नापी र […]