नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सुरु हुँदैछ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । यसअघि माओवादीको महाधिवेशनको उद्घाटन सत्र आइतबार भएको थियो । आइतबारको उद्घाटनसत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, माले महासचिव सीपी मैनालीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा नेताहरुले एकअर्काको प्रसंशा गरेका थिए । कार्यक्रमह...