भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।