विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता

यस वर्षको विश्व एड्स दिवस को नाराले एड्स विरुद्धको प्रयासमा हालका चुनौती र अवरोधलाई पहिचान गरी त्यसको समाधानमार्फत प्रतिकार्यलाई प्रभावकारी र दिगो बनाउने आवश्यकतालाई औंल्याउँछ। यसैगरी राजनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय सहयोग, नवप्रवर्तन र समुदायको सहभागिताले एचआईभी/एड्स विरुद्धको समग्र प्रतिकार्यलाई थप मजबुत र दीगो बनाउन मद्दत गर्नेछ।