‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणिलाई भोट गर्न पूर्व मन्त्री योगेश भट्टराईको आग्रह

काठमाडौं : ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेललाई जिताउन ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईले भोट गर्न आग्रह गरेका छन्। ताप्लेजुङ गृह जिल्ला भएका भरतमणिलाई कमेडी च्याम्पियन बनाउन उनले सबैलाई फेसबुकमार्फत भोट गर्न अपिल गरेका हुन्। ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल…

सम्बन्धित सामग्री

अपारदर्शी भोट : आयोजकलाई नोटैनोट, प्रतिभालाई चोटैचोट

काठमाडौँ -  दुई साताअघि काठमाडौँमा सम्पन्न ‘कमेडी च्याम्पियन २’को फाइनलमा बाँकी दुई प्रतिस्पर्धीलाई हराउँदै भरतमणि पौडेलले उपाधि जिते । उपाधिको छिनोफानो गर्ने मुख्य आधार थियो, दर्शकको भोट । अडिसन हुँदै टप टेनमा नआइपुग्दासम्म निर्णायकले प्रतियोगीलाई छान्ने र उत्कृष्ट १० भित्र परेपछि भने भोटिङका आधारमा अगा…

अपारदर्शी भोट : आयोजकलाई नोटैनोट, प्रतिभालाई चोटैचोट

काठमाडौँ -  दुई साताअघि काठमाडौँमा सम्पन्न ‘कमेडी च्याम्पियन २’को फाइनलमा बाँकी दुई प्रतिस्पर्धीलाई हराउँदै भरतमणि पौडेलले उपाधि जिते । उपाधिको छिनोफानो गर्ने मुख्य आधार थियो, दर्शकको भोट । अडिसन हुँदै टप टेनमा नआइपुग्दासम्म निर्णायकले प्रतियोगीलाई छान्ने र उत्कृष्ट १० भित्र परेपछि भने भोटिङका आधारमा अगा…

भरतमणि पौडेल बने 'कमेडी च्याम्पियन-२' को विजेता

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन दुई का बिजेता बनेका छन्। ‘कमेडी च्याम्पियन २’ को अन्तिम ३ मा परेका विक्की अग्रवाल र सन्तोष थापालाई पछाडी पार्दै पौडेल बिजेता बनेका हुन्।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन। यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।  आज राति साढे दश बजेसम्म भोटिङ लाइन खुल्ला गरिएकोमा पौडेलले सबै भन्दा बढी मत ल्याउदै ‘कमेडी च्याम्पियन २’ को बिजेता बनेका हुन्। पौडेलले उपाधिसंगै कार पनि पाएका छन्।ताप्लेजुङका भरतमणिलाई धेरैले दाबेदार प्रतिस्पर्धीका रुपमा लिएका थिए।  पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाएका थिए। जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो।

‘कमेडी च्याम्पियन’ मा मुख्यमन्त्री र पुर्वमन्त्रीको प्रतिस्पर्धा

नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि खुलेर भोट माग्न थालेका छन् । उनले समाजिक सञ्जाल ट्वीटरमा समेत पौडेलका लागि भोट मागेका ...

झापामा गुन्जियो ‘भोट फर भरतमणि’ नारा

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियनका २’मा पछिल्लो समय पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर सबैको मनमा बस्न सफल फाइनललिस्ट प्रतियोगी भरतमणि पौडेलको पक्षमा झापाको सडकमा ‘भोट फर भरतमणि’ नारा गुन्जिएको छ । सोमबार बिहान झापाको भद्रपुरदेखि बिर्तामोडसम्म उनलाई भोट माग्दै मोटरसाइकल र्‍पालीसहित समर्थकले ‘भोट फर भरतमणि’ नारा गुन्जाएका हुन् । भरतमणि सहभागी र्यालीमा हजारौ समर्थक मोटर साइकलसहित सहभागी थिए । र्‍यालीमा भरतमणिलाई ‘कमेडी च्याम्पियन २’ क

'कमेडी च्याम्पियन २' बाट हिक्मत बाहिरिए, भरतमणिसँगै विक्की र सन्तोष फाइनलमा

काठमाडौं : कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' सिजन २ बाट हिक्मत* महरा बाहिरिएका छन्। टप ४ अर्थात सेमिफाइनमा दिएको प्रस्तुतीको आधारमा अरु प्रतिस्पर्धीभन्दा कम भोट पाउँदै उनी बाहिरिएको स्रोतले जनाएको छ। कञ्चनपुरका हिक्मतले वाइल्ड कार्ड इन्ट्री पाउँदै पुन: प्रतिस्पर्धामा सहभागी हुने मौका पाएका थिए। तर, सेमिफाइनलबाट नै 'कमेडी च्याम्पियन' मा…