लिपुलेकमा सडक विस्तारकाे युवा संघद्वारा विराेध

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले लिपुलेक क्षेत्रमा भारतीय सरकारले बाटो फराकिलो बनाउने कार्यको विरोध जनाएकाे छ। युवा संघका अध्यक्ष नरेश शाहीले आज विज्ञप्ति जारी गर्दै नेपाल एवं नेपाली जनताको अपमान र नेपालको भूगोलमाथिको आक्रमण भएको भन्दै भारतको विस्तारवादी हेपाह प्रवृत्तिको घोर भत्सर्ना गरेका छन्। 

सम्बन्धित सामग्री

'सडक संसद'मा एमालेकाे अवराेध (फाेटाे फिचर)

काठमाडौं : नेकपा एमाले निकट युवा संघले नयाँ बानेश्वरमा 'सडक नमुना संसद' चलाएको छ।सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको युवा संघले आज सडकमै संसद चलाएर विराेध जनाएकाे हाे। संसद्‍मा एमालेले बारम्बार गर्दै आएकाे अवराेधलाई युवा संघले पनि सडकमा संसद्‍ अवरोध गरेको छ।