सम्पादकीय : नर्सहरु नडगमगाउ, नझुक, नरुक !

नेपालमा स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड नर्सहरू हुन्। अस्पतालका प्रत्येक कोठामा (आपतकालीन सेवादेखि नवजात शिशुका कोमल हातसम्म) नर्सको उपस्थितिले नै स्वास्थ्य प्रणाली बाँचिरहेको छ। तर त्यही मेरुदण्ड कमजोर पार्ने नीति र अभ्यास चलिरहेमा स्वास्थ्य प्रणाली स्थायी संकटमा जान्छ।