एकैदिन ६ हजारले गरे पाथीभराको दर्शन

ताप्लेजुङको पाथीभरा दर्शन गर्ने दर्शनार्थीको संख्या यो सिजनमा बढेको छ । यो सिजनमा एकैदिन ६ हजारभन्दा बढीले पाथीभराको दर्शन गरेका छन् । कात्तिकको १० गते सम्ममा पाथीभरा मन्दिरमा झण्डै १६ हजार तीर्थालुले दर्शन गरेका छन् ।