काठमाडौं : २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ९ हजार ६ सय ३३ जनाले चार जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले चार लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीले परीक्षा दिएकामध्ये यी संख्याले ३.६ देखि ४ जिपिए ल्याएको जानकारी दिएको छ। बोर्डका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थी संख्या ४१ हजार ६ सय २७ रहेको छ। २.८ देखि ३.२ सम्म जिपिए ल्याउने परीक्षार्थी संख्या ६९ हजार ९ सय रहेको छ।त्यस्तै,२.० देखि २.४ जिपिए एक लाख १२ हजार ७ सय ३३ जनाले ल्याएको बोर्डले जानकारी दिएको