तामाको भाँडोमा राखेको पानी पिउँदा नगर्नुहोस् यी ५ गल्ती, हुनसक्छ हानी

तपाईंले धेरैलाई तामाको बोतल वा जगमा राखेर पानी पिउँदै गरेको देख्नु भएको होला । धेरै मानिसहरु बिहान खाली पेटमा यसो गर्छन् । राति तामाको भाँडो वा बोतलमा पानी राखेर बिहान खाली पेटमा पिउने गरिन्छ । तामाको भाँडोमा राखेको पानी पिउनुलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । पुरातन समयमा अधिकांश मानिसहरू तामाको भाँडोबाट पानी पिउँथे । तामाको भाँडोमा पानी राख्नाले शरीरलाई उर्जा मिल्छ र शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ भन्ने विश्वास गरिन्छ । तामाको भाँडोमा राखिएको पानी प्राकृतिक डिटोक्स पेय हो भन्