नयाँ वर्षको शुभकामनासँगै कोरोना सचेतना

कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि तीन सातादेखि मुलुकभर लकडाउन भइरहेका बेला परेको नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसँगै कोरोनाबाट बच्न सतर्कता अपनाउने सन्देशसमेत सामाजिक सञ्जालमा व्यापक रुपमा प्रवाह भइरहेको छ । मन्त्रीदेखि स्थानीय तहका नगरप्रमुख, स्थानीय प्रशासनका प्रमुखदेखि सर्वसाधारणले यतिबेला सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै कोरोनाबाट आफू बच्न र अरुलाई पनि बचाउन प्रेरणा दिने सूचनासमेत फैलाइरहेका छन् ।