नित्यानन्द मण्डल

२०७९ फागुन २२ मा सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको तेह्रौं दिनको पुण्यतिथिमा दलित, गैरदलित र मुस्लिम एवं अन्यका लागि प्ले कार्ड नै टाँसेर भोज खाने ठाउँ छुट्याए, जहाँ मन्त्री, सांसद, सीडीओ र एसपी पनि सहभागी भए । तर कसैको ध्यान यस्तो ‘आसन विभाजन’ तर्फ पुगेन । सामाजिक सञ्जाल र मिडियामा यो खबर भाइरल हुन थालेपछि गाउँपालिका अध्यक्षले माफी मागे । तर, उनलाई कारबाही भएको खबर सुनिएन ।