स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ७९३ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा प्रहरीले आज ७ सय ९३ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन,२०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा जारी गरिएका स्थानहरुमा मास्क नलगाइ हिड्ने र अनावश्यक काममा हिडडुल गर्न निषेध गरिएको छ। प्रहरीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न अहिले बिभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ५१९ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५१९ जनालाई प्रहरीले कारबाही गरको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई तिब्रता दिएको छ।

निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई जरिवाना

काठमाडा। बितेको २४ घण्टामा निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई नेपाल प्रहरीले कारवाही गरेको छ। स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका कारण उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण बढेपछि अहिले देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये ६ मा आंशिक र ६७ जिल्लामा पूर्ण निषधाज्ञा छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४५२ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४५२ जनालाई आज नियन्त्रणमा लिइ जरिवाना गरिएको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ। सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत भीडभाड नगर्न,अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न प्रहरीले अनुरोध गर्दै अएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न तोकिएको सुरक्षा मापदण्डलाई प्रहरीले दुरुस्त रुपमा कार्यान्वयन गराउँदै आएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अहिले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गर्न बिभिन्न अभियान चलाएको छ। यसै अभियानअन्तर्गत उनीहरुलाई कारबाही गरिएको हो।