कुन पैसा ?

अर्थमन्त्री एकातिर अर्थतन्त्र संकटोन्मुख भएको स्वीकार गर्छन्, अर्कोतिर देशमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने दाबी पनि गरिरहन्छन् । आफू अर्थशास्त्रको ज्ञाता नभएको बताउँछन् अनि आर्थिक वृद्धिदर बढाउने सूत्रको पोका पनि फुकाउँछन् । यस्तो पो त कुरा ! अर्थतन्त्र संकटमा हुँदाहुँदै पनि वृद्धि गर्ने आर्थिक वृद्धिको क्रान्तिकारी मोडल । तर राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि अर्थतन्त्र अप्ठ्यारोमा छ भन्ने नै देखाइरहेको छ । अर्थमन्त्री भने यो मान्न तयार देखिन्नन् र भन्छन्– यी निराधार हल्ला मात्र हुन् । अब अर्थमन्त्रीले अर्थतन्त्र ठीक छ भनेसी राष्ट्र बैंकको तथ्यांकले ठीक छैन भनेर हुन्छ ? सरकार निजीक्षेत्रलाई कम्मर कस्नु भन्छ, निजीक्षेत्र मुड्की कस्नु भनेर बुझ्दो रहेछ । नकसोस् पनि किन ? सरकार आफै थैली कसेर बसेको छ, अनि निजीक्षेत्रलाई चैं मुठी खुला गरेर खर्च गर भन्ने ? यसको मतलव देशमा चलिरहेको तरलताको संकटलाई आर्थिक संकट भन्न मिल्दैन । तर बैंकले ऋण माग्नेको फाइल हेर्नै मान्दैनन् । त्यसो भए बैंकहरूमा भएको त्यत्रो पैसा कहाँ गयो त ? शेयरमा ? घरजग्गामा कि बिहेको जग्गेमा ? अनि फेरि बैंकमा तरलता घट्यो त त्यसमा बैंकहरूको के दोष ? त्यसमा पनि ऋण माग्न ग्राहक बैंकमा आए भन्दैमा पैसा दिइहाल्नुपर्ने भनेर कहाँ लेख्या छ र ? हिजो बैंकमा भाको सबै पैसा ऋण लेऊ कि लेऊ भनेर दिँदैमा सिद्धियो । अनि हिजो लेऊ लेऊ भन्दा नलिने, आज छैन भन्दा मागेको माग्यै गरेर अत्तो थाप्नु पनि त भएन । त्यसमाथि डिपोजिट खोज्न बजारतिर जाँदा कसैले पनि बैंकलाई थप डिपोजिट दिइरहेका छैनन् । अनि बिचरा बैंकहरूले नि के गरून् ? घरमा आगो लागिसकेपछि इनार खन्न जाने त हाम्रो परम्परा नै हो नि त । त्यसलाई जोगाइराख्न परेन ? त्यसो भए के राष्ट्र बैंकले यो समस्या समाधान गर्न केही पनि गरेन त ? गर्‍यो नि, किन नगर्नु ? कतिओटा निर्देशन जारी गरिसक्यो, पढ्नु भएन ? सीसीडी रेशियो बढायो, विदेश जाँदा डलर पाउने सीमा घटायो । विदेशबाट धेरै सुनचाँदी आउला भनेर नियम कस्यो । गाडी खरीदमा नगद धरौटीको कुरा ल्यायो । यस्ता झिनामसिना काम गरेर हुन्छ त भन्नुहोला । यस्तो ठण्डीको मौसममा ह्याँ भन्दा के गर्ने त ? अचम्मको कुरा त के छ भने तरलता छैन भनेर ठूलो स्वरले चिच्याउने बैंकहरूको ऋण लगानी चाहिँ बढेको बढ्यै छ । निक्षेप आउन बन्द छ । तर कर्जामा पैसा गको गयै देखिन्छ । यो तरलता भनेको पनि बैंकसापेक्ष मात्रै रहेछ कि क्या हो ? महीनौं भयो हल्ला गरेको तर बैंक यसैगरी चलिराछ, फाइदा पनि खाइराकै छ । खै के, खै के कुरै बुझ्न गाह्रो । हैन, यस्तो बेलामा राष्ट्र बैंकले धमाधम नोट छापेर भने पनि तरलताको संकट टार्नुपर्ने होइन र भन्या ? वा रेमिट्यान्सलाई औपचारिक च्यानलबाट ल्याउन प्रोत्साहन हुने कार्यक्रमहरू ल्याउनुपर्ने हैन र भन्नुहोला । त्यत्रा त्यत्रा जान्ने बुझ्ने घाघडान बैंकर, अर्थशास्त्री भा देशमा हामीजस्ता अदना अबुझले सुझाव दिएर हुन्छ ? सरकारले त केही विलासी भनिएका वस्तुको आयातमा कडाइ गरेर बैंकको पैसा बाहिर जान नदिने भनेकै छ । तर भारतसँगको यति लामो खुला सिमाना छ भन्ने कुरा भ्युटावर माथिबाट हेर्दा देखिएन होला । अनि सरकारले नि के गरोस् ? अझ बढी जान्ने सुन्नेहरू भन्छन् कि सरकारले विकासे साझेदारहरूसँग गरेको ऋण सहायता सम्झौताको शर्त अनुसार काम गरेर पनि यो बेला शोधभर्ना लिन सक्छ । विकास खर्च बढाएर पनि तरलताको समस्या समाधान गर्न सक्छ । तर यस्तो घुमाउरो असजिलो काम को गरोस् ? मोटा नेता र खाइलागेका कर्मचारीका पैसालाई ट्यांकीबाट झिकेर वा विदेशबाट खिचेर ल्याउन सके त अझ तरलताको समस्या तु चट् हुन्थ्यो रे । तर अझै खै कुरा बुझ्या ? सरकारले खर्च त बढाको बढायै छ त । खाली विकास मात्रै नबढ्या न हो । त्यो विकासको बीउ विकासे परेछ कि क्या हो, विरुवा चैं उम्रने तर नबढ्ने पुड्को खालको । मकैका बोटमा घोगा नलागेझैंं भयो विकासे बोट पनि । त्यसैले पाँच दशकदेखि विकासको रूख जत्राको तत्रै, दिन खाको जुँगा नभाको जस्तो भयो । अझ कोही कोही त भन्छन् यस्तो तरलताको संकटको बेलामा निजीक्षेत्र कम्मर कसेर अगाडि बढ्नुपर्ने हो नि भनेर । तर के गर्नु ? सरकार निजीक्षेत्रलाई कम्मर कस्नु भन्छ, निजीक्षेत्र मुड्की कस्नु भनेर बुझ्दो रहेछ । नकसोस् पनि किन ? सरकार आफै थैली कसेर बसेको छ, अनि निजीक्षेत्रलाई चैं मुठी खुला गरेर खर्च गर भन्ने ? जनताको आम्दानीमा आँखा लगाएर सरकारले कर गरीगरी उठाएको कर त खर्च गर्न सक्दैन भने खाइखनाई दिनरात नभनी कमाएको पैसा निजीक्षेत्रले चाहिँ त्यसै फाल्छ त ? फेरि निजीक्षेत्रको धेरै कुरा निजी हुने हुनाले क्षेत्रहरू चैं अर्कोतिर पुगेर पनि समस्यामा पर्दो रहेछ । त्यसैले यहाँ समस्या नै बुझाइमा छ क्या ! अर्को कुरा, जसले समस्या समाधान गर्नुपर्ने हो, ऊ आफै समस्यामा छ । समस्या पनि एउटा दुईटा हो र ? नैतिक समस्या त झन् कति कति । तर धन्य, भित्रभित्रै अनैतिकता समस्या व्यापक भए पनि बाहिर त्यति नदेखिने भएकाले नैतिक समस्यालाई धेरै ठूलो समस्याको रूपमा हेर्ने गरिएको अवस्था छैन । त्यसैले त अहिले तरलताको समस्या समाधान कहिले हुन्छ भनेर सोध्यो भने सम्बन्धित मान्छेहरू आफै समस्यामा पर्छन् । तरलताको समस्या त जनतालाई मात्रै त हो । राजनीतिक दलहरूलाई तरलताको समस्याले छुनै सक्दैन । देख्नुभएन करोडौं खर्च गरेर गरिएका राजनीतिक दलका केजात्ति महाधिवेशन ? देख्नुभयो त त्यहाँ तरलताको कुनै समस्या ? अझ अब चुनावमा हेर्नुहोला दलहरूका दलेहरूले बजारमा कसरी पैसा फालाफाल गर्नेछन् । अवस्था यस्तो छ कि व्यवसाय गर्न खोजिरहेका वा गरिरहेका उद्यममशील नेपाली जनताको हालत भने पैसाको अभावले गर्दा ती बसभित्रका यात्रुको जस्तो छ, जो भिरालो र कच्ची बाटोमा हुँइकिरहेको त्यस्तो थोत्रो बसभित्र सवार छन्, जुन बसको बाहिर चाहिँ लेखिएको छ, ‘भगवान्ले तपाईंको यात्रा सफल पारून् ।’ तर पनि ड्राइभर अर्थात् सरकार आत्तिएको छैन है ! ऊ वक्तव्यमाथि वक्तव्य जारी गर्न व्यस्त छ । यति भएसी केही न केही कसो नहोला ? अर्थात् पैसाको समस्या समाधान कसो नहोला ? अब फेरि कुन पैसा भनेर चैं नसोध्नुहोला नि । जहाँसम्म सरकारले त्यो काम पनि गर्न सकेन, यो काम पनि गर्न सकेन भन्ने कुराहरू छन्, अब सबै काम यै सरकारले गर्ने हो भने चुनावपछि आउने भनिएको सरकारले फेरि के गर्ने हँ ?

सम्बन्धित सामग्री

पैसा सापटीको पीडा गीतमा

काठमाण्डाै – समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएकोे छ । गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याउनुभएको हो ।  ‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ । अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ । गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सा...

‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’

रुपन्देही – ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका ५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’ रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँडडुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । ‘बुढ्यौलीमा सहारा हुन्छ भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत ...

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

लुम्बिनी, २८ असोज (रासस) : “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना […]

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

‘बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन’, उनले भनिन् ।

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

“पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदैले भनिन्, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

– रामविकास चौधरी/ लुम्बिनी “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको […]

पैसा कमाएर कता राख्छस् !

नेपाली समाजमा आजको युगमा वास्तवमा भन्ने हो भने पैसा कमाउने र नकमाउने मानिसलाई हेर्ने र गर्ने व्यवहार फरक–फरक भएको प्रत्यक्ष रूपमा देखिन्छ । पैसा कमाउनेलाई अलि बढी भाउ दिइन्छ भने पैसा नकमाउनेलाई आफ्नै इष्टमित्रबाट गरिने व्यवहार र बोली पनि फरक–फरक र भिन्न भएको अनुभव हुन्छ । नेपालीमा एउटा उखानै पनि सुन्दै आएका छौं– सम्पत्तिमा सबैको […]

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३९ रुपैयाँ १५ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा ,मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पैसा बिना के छ र?

पैसा साथ हुँदा तिमीसँग सधैँ सम्मानका खात छन् पैसा छैन भने त केवल सधैँ हेप्ने तिता बात छन्।

कति चाहियो पैसा ?

सपनामा मेरा इष्टदेव फेरि आए र भने- ‘के माग्छस् मनुवा ? वर माग् !’ जिन्दगीभरि गरीबीमा पिल्सिएको म बबुरोले के माग्नु ? ‘पैसा दिनुस् प्रभु पैसा’- मैले भनें । प्रभुले फेरि सोध्नुभो- ‘कति पैसा दिऊँ बालक तँलाई ?’ अब मलाई समस्या पर्‍यो- कति माग्ने ? यो महीनाको बैंकको किस्ता तिर्न नसकेर फिटीफिटी परेको बेला हतारहतार […]