केपी ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरेको बताएका छन्। उनले लामो बलिदानी पश्चात् स्थापित गणतन्त्र र संघीयतामाथि अपराध गरेको बताए ।कालिकोटको रास्कोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सहि मार्गमा अघि बढाउलान् भनेर प्रधानमन्त्री बनाइएको तर उनी शासक निस्किएको बताए ।  ‘हामीले अघि सारेको प्रधानमन्त्रीले आर्जन गरेको उपलब्धिलाई अपहरण गर्ने काम गरे