म पनि काठमाडौं महानगरको मेयर उठ्न चाहन्छु, केसव स्थापित डेट एक्सपायर औषधि हुन् : भट्टराई

वैशाख २२, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पनि काठमाडौं महानगरमा मेयर उठ्न चाहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयर उठ्छु भन्दा कतिपयले ठट्टा गरेपनि काठमाडौंको मेयर भनेको राष्ट्रपति र प्रधानमन्त्री पछिको महत्वपूर्ण पद भएको बताए । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहनुभएका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिएका छन् । अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने बताउँदै उनले अब काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए । अध्यक्ष भट्टराईले भने, ‘राजधानी शहरको मेयर भनेको अहिले पनि अन्यत्र विश्वमा पनि प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिपछिको दोस्रो सबैभन्दा ठूलो महत्वपूण पद हो । मैले भनेको थिएँ । धेरै मान्छेले ठट्टा पनि गरे । म अब एक पटक मेयर हुन्छु भनेँ मैले साँच्चै भनेको हो ।' अध्यक्ष भट्टराईले अहिलेको गठबन्धन चुनावलाई लक्षित गरेर मात्र नभइ दीर्घकालीन रहने पनि दाबी गरे । उनले यो गठबन्धनले अब नेपाललाई कसरी तेस्रो विकसित देशबाट पहिलो विकसित मुलुक बनाउने भन्ने बारेमा योजना बनाइरहेको बताए । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रकाशमान भन्दा अगाडि सिर्जना सिंह सक्रिय राजनीतिमा आएकोले प्रकाशमानका कारण मेयरको टिकट दिएको भन्न नमिल्ने बताए । उनले सिर्जना सिंह पहिला राजनीतिकर्मी र दोस्रोमा मात्र पारिवारिक पृष्ठभूमिमा जोडिने बताए । नेता श्रेष्ठले भने, ‘सिर्जना गणेशमानको बुहारी, प्रकाशमान सिंहको श्रीमती भएको कारणले मात्रै उम्मेदवार बनाइएको जो चर्चा छ, त्यो नितान्त गलत हो । वास्तवमा गणेशमानजी र प्रकाशमानजस्सँग सिर्जनाको सम्बन्ध सिर्जना श्रेष्ठ राजनीतिकर्मी भएका कारणले भएको हो । पहिलो सिर्जना राजनीतिकर्मी हो । त्यसपछि श्रीमती र बुहारी । वास्तवमा सक्रिय राजनीतिमा प्रकाशमाजी भन्दा अगाडि सिर्जनाजी हुनुहुन्थ्यो । म नेपाली काँग्रेसबाट राजनीति शुरु गरेको मान्छे हो ।’

सम्बन्धित सामग्री

लामखुट्टेका लार्भा नष्ट गर्न जैविक औषधि छर्कंदै काठमाडौं महानगर

महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा नष्ट’ अभियानलाई तीव्र बनाउने भएको छ। महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक बायो लार्भासिद (जैविक औषधि) छर्किने भएको छ।

डेंगु नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै काठमाडौं महानगर

कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन। उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ।

डेंगु नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै काठमाडौं महानगर

कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन। उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ।

वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर

वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन सुरु गरेको हो।...

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ ।