ख्वप: अस्पताल १ सय शय्या क्षमतामा स्तरोन्नति हुने

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब १ सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुनुवाइ भएको छ । कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथाशीघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । […]

सम्बन्धित सामग्री

आँपपीपल अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र ५० शय्याकोमा स्तरोन्नति

८ फागुन, काठमाडौं । सरकारले गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ । ६ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार यी अस्पताल स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पनि मन्त्रिपरिषद बैठकले […]

बागमतीका १० अस्पताल स्तरोन्नति गरिने

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकारमातहतका १० वटा अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, मकवानपुरको हेटौँडा अस्पताल,...

सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी

बुटवल, २२ जेठ । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो । अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको त्रिपक्षीय सहमतिमा अस्पतालमा दुई सय शय्या थप गर्दै स्तरोन्नति गर्ने समझदारी […]

बुटवलको आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति गरिने

२० जेठ, बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष […]

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३०० बेडमा स्तरोन्नति हुने

काठमाडौँ । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सहमतिमा सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।  एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति […]

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति हुने

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।हाल एक  सय बेड रहेको छ । एशोसिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले स्तरोन्नति गर्न निर्णय गरेको हो । अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताल

प्रदेश २ का जिल्ला अस्पताल प्रादेशिकमा स्तरोन्नति गरिने

जनकपुरधाम – प्रदेश २ सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ। सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने […]

जिल्ला अस्पताल स्तरोन्नति गरिने

सञ्चालनमा आएको एक शताब्दीपछि धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरिने भएको छ । वि.सं १९७० सालमा त्रिचन्द्र अस्पतालका नामबाट सेवा सुरु गरेको धनकुटा अस्पताललाई एक सय शैया क्षमताको बनाइने भएको हो । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले धनकुटामा आयोजित कार्यक्रमा धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरी एक सय शैया क्षमताको अस्पताल बनाउन उद््घाटन गरेका छन् […]

धनकुटा अस्पताल स्तरोन्नति गरिने, १५ शय्याको अस्पताल १ सय शय्याको बनाइँदै

उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।

दमौली अस्पताल: जग्गा अभावले स्तरोन्नति रोकियो

तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन। पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ।