महाभारत फिल्ममा कर्ण बन्दैछन् शाहिद कपूर

बलिउड अभिनेता शाहिद कपूरले आफ्नो करीरयमा विभिन्न भूमिका निर्वाह गरेका छन् र दर्शकको मन जित्न सफल भएका छन् ।  शाहिदले अभिनयमा पुनः नयाँ प्रयोग गर्ने मन बनाएका छन् र रंग दे बसन्ती जस्तो उम्दा फिल्मका निर्देशक ओमप्रकाश मेहरासँग सहकार्य गर्ने भएका छन् ।  मेहराले महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एउटा फिल्म बनाउन लागेका छन् । महाभारतको कथा कर्णमार्फत बताउने उनको लक्ष्य छ । त्यस खास प्रोजेक्टका लागि उनले शाहिद कपूरसँग कुराकानी गरेका छन् ।  मेहराको यस मेगा बजेट फिल्मको निर्माता पनि फेला परिसकेको बताइएको छ । ...