धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार पारित भयो। प्रदेशसभाको १०औं अधिवेशनको २५ औं बैठकमा सोमबार उक्त विधेयक पारित भएको हो।बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए।प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेशसभाबाट पारित विधेयकले कानुनको रुप लिनेछ। प्रद