गठबन्धनकै सरकार बनाउनेबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाण्डाै – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज साेमवार नयाँ सरकार गठनबारे छलफल भएको छ । प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई...