पाटन उच्च अदालतका १३ जना न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौँ– उच्च अदालत पाटनका १३ जना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै अदालतका ५७ कर्मचारीमा पनि कोरोना संक्रमण भएको पाटन उच्च अदालतका रजिष्टार ठगेन्द्र कट्टेलले जानकारी दिए। पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।