काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि लचिलो बन्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो ।
उज्यालोसँग कुरा गर्दै नेता गौतमले भन्नुभयो, – ‘म आज बैठकमा सहभागी भएर गल्ती सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेँ, आफू लचिलो भएर पार्टी एकता बचाउनुस् भनेँ’
यस्तै उहाँले आफूले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट तत्काल...