बागमती प्रदेशमा झण्डै दुई लाख जनाले लगाए कोरोनाविरुद्ध खोप

हेटौंडा । बागमती प्रदेशमा झण्डै दुई लाख जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । प्रदेशका १३ वटा जिल्लाका विभिन्न खोप केन्द्रबाट दुई चरणमा गरी एक लाख ९८ हजार २ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।नेपाल सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा र दोस्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई निःशुल्क कोरोनाविरुद्धको खोप सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशभरका १३ जिल्लाका स्थानीय तहमार्फत दोस्रो चरणको खोप सेवा सञ्चालन भइरहेको बा