जसपामा ‘हेड काउन्ट’ हुँदै, आजै पार्टी विवाद टुंगो लाग्ने

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद आज टुंग्याउने भएको छ। आयोगले आज ११बजे पार्टीको आधिकारिकताबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदैछ। जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’मार्फत टुंग्याउन लागिएको हो। आयोगको निर्णय रोक्न अदालतमा मुद्दा परेपनि अन्तरिम आदेश जारी भएन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार विवादको टुंगो आजै लाग्नेछ।

सम्बन्धित सामग्री

रिगलको आममाफीविरुद्धको रिट दशैंपछि मात्र टुंगो लाग्ने

काठमाडौं,२५ असोज । बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पारए संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका गुण्डा नाइको योगराज ढकाल रिगलविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ । बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले सुनुवाई गर्दै अर्को पेशी क़ार्तिक १४ लाई तोकेको […]

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने ? आज टुंगो लाग्ने

२८ कात्तिक, काठमाडौं । ललितपुर-३ डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः सोमबार नै […]

पाँच दलीय गठबन्धनमा लोसपा रहने नरहने शुक्रबार टुंगो लाग्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने या नहुने भन्ने विषय शुक्रबार टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।  सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी द

एन्फाका दुई केन्द्रीय सदस्यको टुंगो अर्काे साधारण सभाबाट लाग्ने

७ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई जना केन्द्रीय सदस्यको टुंगो अर्को साधारण सभाबाट मात्र लाग्ने भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको सोमबार निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुंगो अर्को साधारण सभाले लगाउने भएको हो । १३ सदस्यीय खुल्लाका लागि ३२ जना प्रतिस्पर्धामा […]

गठबन्धनमा नगरपालिका र गाउँपालिकाको उम्मेदवार भोलि बेलुकासम्म टुंगो लाग्ने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने दाबी गरेका छन् । सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् । ‘हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौँ, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले रातोपाटीसँग भने, ‘ त्य

सत्ता गठबन्धनको तालमेल मोडालिटी भोलि टुंगो लाग्ने

सत्ता गठबन्धनमा चुनावी तालमेलको विषय सोमबार मात्रै टुंगो लाग्ने भएको छ ।

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने ’

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका-...

न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने रिटको दर्ता मंगलबार टुंगो लाग्ने

न्यायाधीशको सम्पत्ति सार्वजनिक गरिनुपर्ने मागसहितको रिट दर्ता हुने–नहुने मंगलबार टुंगो लाग्ने भएको छ । यसअघि दर्ता गर्न अस्वीकार भएको रिटबारे सर्वोच्चको इजलासले टुंगो लगाउने भएको हो ।  अधिवक्ता प्रवेश केसीले सार्वजनिक...

काँग्रेसको महाधिवेशन सर्ला ? पाँच दिनभित्र टुंगो लाग्ने

नेपाली काँग्रेसको सदस्यतासम्बन्धी विवाद टुंगो लाग्न नसकेपछि आगामी भदौ १६ मा हुने भनिएको महाधिवेशन सर्छ कि तोकिएको समयमै हुन्छ भन्ने संशय उत्पन्न भएको छ । विहीबार बूढानीलकण्ठमा बसेको पूर्व पदाधिकारीसहितको बैठकको निर्णय हेर्दा महाधिवेशन सर्ने, नसर्नेबारे अबको पाँच दिनमा टुंगो लाग्ने देखिएको छ ।क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको संयोजकत्वमा गठित समितिले केही विवादहरु समाधान गर्न नसकी मंगलबार केन्द्रीय कार्यसमितिलाई अधुरो प्रतिवेदन बुझाएको थियो । तर, केन्द्रले एक दिनको म्याद दिएर बुधबार उक्

एमाले फुटको टुंगो आजको संसदीय दलको बैठकबाट लाग्ने

काठमाडौं, १ साउन । नेकपा एमाले विभाजित हुने नहुने आज टुंगो लाग्ने भएको छ । एमाले अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् । बैठकमा माधव नेपाल पक्षीय २३ सांसदलाई पनि निम्तो गरिएको छ । आजको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदलाई […]