व्यापार प्रवर्द्धनमा पारवहनको सहजीकरण

नेपालको व्यापारका अधिकांश आयामहरू बाह्य स्रोतमा निर्भर छन् । आयातमा आधारित आपूर्ति व्यवस्था हाम्रो अर्थतन्त्रको चरित्र हो । दुई तिहाइ हाराहारीको व्यापार भारतमा केन्द्रित छ भने बाँकी अन्य देशसँग भइरहेको छ । त्यसमा पनि अधिकांश व्यापार आयात नै छ । कोरोना महामारीयता खुम्चिएको विश्व अर्थतन्त्रको असरबाट हामी समस्यामा नपर्ने भन्ने त हुँदैन, बरु यसको असर अरूको तुलनामा बढी नै परेको छ ।  अधिकांश अर्थतन्त्र कोरोनाको असरबाट मुक्त भएर लय समातिरहेको अवस्थामा हामी भने अधोगतितिरै उन्मुख भएको भान हुन्छ । आज उद्यम र व्यापार २०/२५ प्रतिशतमा खुम्चिएको छ । वैदेशिक व्यापारको ग्राफ पनि खस्किएको छ । व्यापार घटेपछि सरकारले उठाउने राजस्वमा पनि त्यसको प्रतिकूल असर देखिएको छ । निकासी व्यापार निरन्तर ओरालो लागेको छ भने आयातको लागत बढेको छ । बजारमा माग नहुँदा वस्तुको मूल्य कम हुनुपर्ने हो, तर अर्थशास्त्रको यो नियमले काम गर्न छोडेको छ । मूल्यवृद्धि अकाशिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले पनि मूल्यवृद्धि अपेक्षा गरिएभन्दा द्रुत गतिमा उकालो लागेको देखाएको छ । अत: मूल्यवृद्धिमा असर पारिरहेका पक्षको सूक्ष्म विश्लेषण गरी त्यस्ता समस्याको उचित उपचार जरुरी छ । हाम्रोजस्तो भूपरिवेष्टित अर्थतन्त्रका लागि कुनै पनि वस्तुको मूल्यमा पारवहनको लागत प्रमुख हुन्छ । अध्ययनहरूले तटीय देशहरूमा यस्तो खर्च ८/१० प्रतिशत हुने देखाएका छन् । हामीकहाँ यो लागत ४० प्रतिशतसम्म भएका तथ्यांकहरू छन् । यस्तो खर्च कसरी न्यूनीकरण गर्न सकिन्छ ? यसमा ध्यान केन्द्रित हुन अत्यावश्यक भइसकेको छ ।  हाम्रो पारवहनको प्रवृत्ति हेर्ने हो भने कुल पारवहनमा १० प्रतिशत जति हवाई मार्गबाट हुन्छ । ९० प्रतिशत कार्गोको ढुवानी समुद्री र स्थलमार्गबाट हुने गरेको छ । स्थलमार्गमा सडक र रेलवे पर्छन् । नेपाल ३ तर्फबाट भारत र एकतर्फ चीनले घेरिएर रहनु र भौगोलिक कारणले ९० प्रतिशत कार्गो ढुवानी भारतीय बन्दरगाह र स्थलमार्गबाटै भइरहेको छ । यो तथ्यको तात्पर्य, हामीले भारतीय समुद्री बन्दरगाह र स्थलमार्गको प्रतिस्पर्धी उपयोग गर्दा मात्रै पारवहनको लागत घटाउन सक्छौं । तर, यसमा अहिलेसम्म प्रभावकारी प्रयास त परको कुरा वस्तुनिष्ठ बहससमेत हुन पाएको छैन ।  विगत केही वर्षयता समुद्री मार्गमा कार्गो ढुवानी गर्ने सिपिङ लाइन्सहरूले नेपालको मुख्य प्रवेशद्वार वीरगञ्जसम्म नै पुर्‍याउने गरी ढुवानी गरिरहेका छन् । त्यसबीचमा पर्ने भारतीय रेल सेवाप्रदायकलाई बुझाउनुपर्ने भाडा पनि सिपिङ कम्पनीले नै असुल गरिरहेको अवस्थामा छ । यस्तोमा रेल सेवाप्रदायक कम्पनीबीचको प्रतिस्पर्धाको लाभ स्वदेशको व्यापारले पाउन सकेको छैन । समुद्री बन्दरगाहदेखि वीरगञ्ज सुक्खा बन्दरगाहसम्म भएका प्रक्रियागत सुधार र अनलाइन प्रविधिका कारण घटेको लागतको लाभ पनि हाम्रो व्यापारले पाउनुपर्छ । तर, त्यसो हुन सकेको छैन । यसमा सरोकारका पक्ष आवश्यकता जति गम्भीर देखिएका छैनन् ।  यतिसम्म कि नेपालमा व्यापार गरिरहेका सिपिङ कम्पनीलाई नेपालमै दर्ता गराउन सरकार सफल हुन सकेको छैन । यसबाट यो व्यापार सरकारी नियमनको दायरामा छैन । यी परिदृश्यले समुद्रीय तटबाट टाढा रहेको नेपालको व्यापारमा उच्च पारवहन लागतको पीडा घट्ने अवस्था देखिएको छैन ।  हामीले नेपालको झन्डा फराउँदै समुद्रमा पानी जहाज दौडाउने सपनामात्रै देख्यौं । तर, त्यसलाई कसरी सार्थक बनाउने भन्नेमा रणनीतिक योजना भने देख्न पाइएको छैन । यो हाम्रो अर्थराजनीतिक विडम्बना नै हो । नेपालका ठूला नदी हुँदै भारतको गंगा नदीमा पानी जहाज पुर्‍याउन विगतमा सम्भाव्यता अध्ययन भएकै हुन् । नेपालको कोशी र गण्डकी हुँदै समुद्री मार्गमा जोडिने कुरा पछिल्लो समयमा पनि बेलाबेलामा चर्चामा आउने र सेलाउने भइरहेको छ । वास्तवमा नेपालको समग्र अर्थतन्त्रकै नक्सा बदल्ने सामथ्र्य राख्ने यस्ता रणनीतिक महत्त्वका योजनाहरू केवल राजनीतिक खपतका विषयमात्रै बन्नु अर्थतन्त्रको दुर्भाग्य हो ।  हामी भौगोलिक कारणले समुद्री बन्दरगाहमा भारतको भर पर्ने अवस्थामा छौं । यो हाम्रो भौगालिक बाध्यता यस कारण पनि हो कि उत्तर छिमेक चीनतर्फका बन्दरगाह उपयोगको चर्चा वास्तविकतामा रूपान्तरण हुन त्यति सहज छैन । भौगोलिक जटिलता यसको मूल कारण हो । भारतबाट हामीले अहिले कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाह उपयोगको बाटो पाएका छौं । त्यसमा पनि कोलकाता र हल्दिया निकै सकसपूर्ण भएपछि बल्लतल्ल विशाखापत्तनम्को विकल्प खुला भएको थियो । आज यी बन्दरगाह अपर्याप्त भइसकेको अवस्था छ । धाम्रा र मुद्रा बन्दरगाहको चर्चा सुनिए पनि त्यसमा आशलाग्दो प्रगति देखिएको छैन । यी बन्दरगाह उपयोगको बाटो खोल्न प्रभावकारी कूटनीतिक प्रयास भएको जानकारी पनि बाहिर आएको छैन । भारतमा हाम्रा लागि पायक पर्ने सबै बन्दरगाह खुला गर्नेतर्फ किन पहल नथाल्ने ? यसो हुँदा व्यापारीलाई जहाँबाट अनुकूल हुन्छ त्यहींबाट मालसामान ल्याउने विकल्प प्राप्त हुन्छ । यसले पारवहनलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्छ ।  व्यापार सहजीकरणका लागि भनिएका अन्तरसरकारी बैठकहरू केवल कर्मकाण्डजस्ता लाग्न थालेका छन् । हालैमात्र नेपाल–भारत वाणिज्य सन्धि विनासंशोधन स्वत: नवीकरण भएको समाचार आएको थियो । २०७६ मा पारवहन सन्धि यसै गरी नवीकरण हुन पुगेको थियो । सुधारका एजेन्डा हुँदाहुँदै संशोधन हुन नसक्नु हाम्रो आर्थिक कूटनीतिको कमजोरी हो । आजको विश्व कसरी व्यापारको लागत घटाएर अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउने अभियानमा लागेको छ । भारत र चीन समुद्री/स्थलमार्गको सञ्जाल विस्तारमा आक्रामक रूपमा अघि बढिरहँदा यी दुई विशाल अर्थतन्त्रको बीचमा रहेका हामी बनिबनाउ अवस्थामा रहेका पूर्वाधार उपयोगको पहलमा समेत पछि परेका छौं । हाम्रो वैदेशिक व्यापारमा योभन्दा लज्जाको विषय अरू के हुन सक्छ ?  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको व्यापार समितिका अध्यक्ष अग्रवालसँगको कुराकानीमा आधारित । 

सम्बन्धित सामग्री

व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् ।  झापा चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य वस्तुहरूको पहिचान एवं प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।  चालु आर्थिक वर्षको ५ महिनामा […]

व्यापार सहजीकरण गर्न मुख्यसचिव अर्याललाई द्विराष्ट्रिय चेम्बर अफ कमर्सको आग्रह

काठमाडौँ – द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले व्यापार सहजीकरण गर्न नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई आग्रह गरेको छ। बुधवार अपराह्न सिंहदरबारमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले मुख्यसचिव अर्यालसँग भेटेर डुइङ बिजनेस कस्ट घटाउन पहल गरिदिन आग्रह गरेको हो। आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई सहयोग पुग्नेगरी डुइङ बिजनेस कस्ट घटाउँदा सहजीकरण हुने भन्दै व्यवसायीहरूले आग्रह गरे। […]

चीनसँगको व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेको छ ।राजदूत श्रेष्ठसँग भएको भेटका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए ।नेपालबाट कृषि, […]

चीनसँगको व्यापार सहजीकरण र निर्यात बढाउन पहल गर्न चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले चीनसँगको व्यापार सहजीकरणका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आग्रह गरेको छ।चेम्बरका पदाधिकारीहरूले राजदूत श्रेष्ठसँग आज (शुक्रबार) भेटवार्ता गरी नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुको निर्यात प्रवर्द्ध

व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण कार्यक्रम

विराटनगर-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को साझेदारीमा विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।सन् २०१७ फ्रेबुअरीमा लागू भएको डब्लुटिओको व्यापार सहजीकरण सम्झौतामा प्रशासनिक बाधाहरू हटाउँदै व्यापारमा अझ धेरै दक्षता ल्याउने वाचा गरिएको छ । सिमानामा अनावश्यक अनुमगन, धेरै कागजाती र […]

व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण

विराटनगर (अस) । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साझेदारीमा विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण सञ्चालन भएको छ । शनिवार बिहान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले कार्यक्रमको उद्घाटन गरेका थिए । सन् २०१७ फेब्रुअरीमा लागू भएको संगठनको व्यापार सहजीकरण सम्झौतामा प्रशासनिक बाधा हटाउँदै व्यापारमा अझ धेरै दक्षता ल्याउने उल्लेख छ । सिमानामा अनावश्यक अनुमगन, धेरै कागजाती र डेटा प्रक्रिया, म्यानुअल प्रक्रिया, सीमा निकायबीच समन्वयको अभाव, जटिल र अप्रभावकारी नियम र प्रक्रिया जस्ता समस्याले व्यापारका सामान ढुवानीमा ढिलाइ हुनुको साथै लागत  बढाउने भएकोले यसलाई हटाउन सम्झौतामार्फत पहल गरिएको छ । व्यापार सहजीकरण सम्झौता कार्यान्वयनबाट व्यापारलाई अन्तरराष्ट्रियकरण गर्ने बाटो खुल्ने बताइएको छ । सम्झौताबाट नयाँ प्रक्रिया र आवश्यकताले कसरी आफ्नो व्यापारको प्राथमिकतालाई पूरक बनाउँछ भन्नेमा राम्रो ज्ञान प्राप्त भई मझौला उद्योगले विशेष लाभ उठाउन सक्ने बताइएको छ । कार्यक्रममा मन्त्री बडूले यस्ता प्रशिक्षणले व्यापार, व्यवसायमा रहेका समस्याको पहिचान र समाधानमा सहयोग पुग्ने बताए । प्रदेश १ मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले विराटनगर प्रदेशकै मुख्य व्यापारिक केन्द्र भएकोले प्रशिक्षण कार्यक्रमले उद्योगी, व्यवसायी लाभान्वित हुने बताए ।

व्यापार घाटा न्यूनीकरण निर्यात सहजीकरण गर्न चेम्बरको माग

बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजीकरण गर्नका लागि नेपाल चेम्बर अफ कमर्शले माग गरेको छ। नेपाल निर्यात परिषद्का नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन्।...

बेलायतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।बेलायतसंँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले […]

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य नीरज राईको सभापतित्वमा नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरिएको छ। उक्त समितिको सहसभापतिमा पवित्र बज्राचार्य तथा सदस्यहरूमा अशोककुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सिम्खडा मनोनीत भएका छन्। नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र […]