माधव नेपालको पार्टीमा लाग्न अरु पार्टीका नेता कार्यकर्ताले धम्क्याएको एमालेको आरोप

नेकपा एमालेले माधव नेपालको पार्टीमा लाग्नका लागि प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भइरहेको दावी  गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरेलले देशभरक...